युनाइटेडले युवा स्टार मिड्फिल्डर भित्र्याउने सम्भावना प्रबल

एजेन्सी, फ्रेन्च क्लब रेन्सका युवा मिड्फिल्डर एडवार्डो कामाविङा यस ट्रान्सफर सिजन इङलिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुने सम्भावना प्रबल देखिन्छ। रिपोर्टका अनुसारको रेन्स उनलाई यसै ट्रान्सफर सिजन बेच्न इच्छुक छन्।

रिपोर्टका अनुसार उनी थप एक वर्षका लागि मात्र रेन्समा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टका रुपमा अर्को क्लब जान सक्ने हुँदा क्लब उनलाई यसै ट्रान्सफर सिजन बेच्न इच्छुक छन्। उनको मूल्य करिब ३५ मिलियन युरो रहेको आंकलन गरिएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड र रियल मड्रिडका साथसाथै अन्य थुप्रै युरोपियन क्लबहरुको नजर पनि उनी माथी रहेको छ।
१८ वर्षका फ्रेन्च मिड्फिल्डर कामाविङाले आफ्नो राष्ट्रिय टोलिका लागि ३ खेल खेल्नुका साथै एक गोल पनि गरि सकेका छन्। उनलाई युरोपकै युवा प्रतिभासाली खेलाडीहरु मध्ये एकको रुपमा लिइएको छ।