युनाइटेडले भित्रायो आफ्नो चिर प्रतिद्वन्द्वी सीटीका युवा स्टार स्ट्राइकर

म्यान सीटीका युवा स्टार स्ट्राइकर चार्ली म्याकनील म्यानचेस्टर सिटीबाट म्यानचेस्टर युनाइटेडमा सर्न सहमत भएका छन्। उनले सीटी युथ टिमको लागि अहिले सम्म ६०० गोल गरेका छन्।

म्याकनिल यस हप्ताको सुरूमा १७ बर्षको भएका थिए र टाइम्सका अनुसार युनाइटेडका साथ सर्तहरूमा सहमत भए पछि उनि युनाइटेडमा गएका छन् ।

दुई प्रतिद्वन्द्वीहरु महिनौंदेखि सो खेलाडीको स्थानान्तरण वार्तामा रहेका थिए र दुइ बीच सम्झौता हुन सकेको थिएन। हाल दुई क्लब बीच £७००,०००को सहमति भएको छ भने, युवाको लागि खेल अनुसार पछि युनाइटेडले थप £१ मिलियन तिर्नु पर्ने छ।

१७ बर्सका चार्ली म्याकनीलले उमेर समूहको खेलहरुमा निकै राम्रो खेल्दै आएका छन्। उनले इंग्ल्याण्ड यु-१६ टिममा पनि खेलेका छन्।

युभेन्टस र आरबी लाइपजिग जस्तो क्लबले पनि उनलाई साइन गर्ने चासो देखाएको थियो तर युनाइटेड उनलाई साइन गर्न सफल भएको छ। उनले युनाइटेडको यु२३मा खेल्ने कुरा छ।

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!