युनाइटेडको प्रि-सिजन जित अर्थ बिहिन – प्रशिक्षक ओले गुनर सोल्सायर

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक गुनर सोल्सायरले युनाइटेडले प्रि सिजन जित्दैमा यसले केही फाइदा नगर्ने बताएका छन् ।

२०१९/२० सिजनको सुरू हुनु अधि भएका ६ मैत्रीपूर्ण खेल सबै आफ्नो पोल्टामा पारेको थियो । युनाइटेडले शनिबार इन्टरनेसनल च्याम्पियन कपमा एसी मिलानलाई पनि हराउँन् सफल भएका छन्।

प्रशिक्षक गुनर सोल्सायर अनुसार प्रि सिजनका नतिजाहरुले प्रिमियर लिगलाई केही फरक नपर्ने बताएका छन् । प्रिमियर लिगको पहिलो खेल युनाइटेडले अगस्ट ११ मा चेल्सीविरुद्ध खेल्दैछ।

“हामी निकै खुशी छौँ, खेलाडीहरु प्रि-सिजनमा सही फर्ममा आएका छन् । कुनै पनि पोइन्ट गनिएको छैन । यसले चेल्सीसँगको अगस्ट ११ मा हुने खेललाई केही राहात गरे पनि हामी अहिले नै बलियो भइसकेका छौँ भन्ने होइन् । हामीलाई हाम्रो खेलमा अझै सुधार गर्नुपर्दछ। जति हामी सुधार गर्नसक्छौँ,” सोल्सायरले भने ।

सोल्सायर जोसे मौरिन्होको स्थानमा युनाइटेडमा प्रशिक्षक भएर आए यता क्लबले राम्रो नतिजा हात पार्न सफल भएको छ।युनाइटेडले सिजन २०१८-०१९ भएका अन्तिम ९ लिग खेलमा जम्मा दुई खेलमा जित निकाल्दै आफूलाई छैटौँ स्थानमा राख्न सफल भएको थियो।