युनाइटेडले तोक्यो पोग्बाको मूल्य

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले आफ्ना फ्रेन्च स्टार मिड्फिल्डर पल पोग्बाको मूल्य तोकेका छन्। रिपोर्टका अनुसार युनाइटेडले पोग्बाको मूल्य करिब ६८ मिलियन पाउन्ड तोकेका छन्। फ्रेन्च क्लब पि.एस.जि र स्पेनिश क्लब रियल मड्रिडको नजर उनी माथी रहेको भनिएको छ। 

पोग्बा अर्को वर्ष सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र त्यसपछि फ्री ट्रान्सफरमा युनाइटेड छाड्न सक्ने छन्। यसै कारणले युनाइटेडले उनलाई यस ट्रान्सफर सिजन बेच्न खोजेको देखिन्छ। यस अघि युनाइटेडले उनलाई भारी पारिश्रमिक सहितको नयाँ प्रस्ताव पेश गर्ने भनिएको थियो।
पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि १९९ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।