‘युनाइटेडले खेल जित्न खासै केहि गरेन’ – रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडले खेल जित्न केहि नगरेको बताएका छन । रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगको जारी सिजनमा गोलको खाता खोलेको खेलमा युभेन्टस पराजित भएको छ । अन्तिम ३२ अन्तर्गत आफ्नो घर टुरिनमा भएको चौथो खेलमा रोनाल्डोको टोली युभेन्टस २–१ ले पराजित भयो ।

रोनाल्डो म्यान्चेस्टर युनाइटेडको खेल्ने शैली आफुलाइ चित्त नबुझेको र खेल युभेन्टसले जित्नु पर्ने बताए ।

“हामीले खेल ९० मिनेट सम्म हावी राख्यौं, धेरै मौका पाएका थियौँ, हामीले तीन वा चार गोल गर्न सक्थ्यो, तर हामीले खेल सजिलो संग लिएम र सजाय भोग्नु पर्यो ।” उनले स्काई स्पोर्ट इटाललाई भने।

“युनाइटेडले खेल जित्न खासै केहि गरेन, तपाइँ भाग्यको बारेमा पनि कुरा गर्न सक्नुहुन्न, किनकी तपाईंले आफ्नो भाग्य आफैले खोज्नु पर्छ तर, यस अवस्थामा हामीले उनीहरूलाई ३ पोइन उपहार गरे।”

“अब हामी आफ्नो सिर उठाएर अघि बढनु पर्छ, हामीले एकदम राम्रो खेले र हामी तालिकाको सिर्स स्थानमा छम ।”