युनाइटेडमा आए सान्चोको उच्च पारिश्रमिक

एजेन्सी, बोरुसिया डोर्टमण्डका युवा स्टार खेलाडी जेडन सान्चो म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएको खण्डमा उनी प्रेमियर लिगकै सर्वाधिक पारिश्रमिक लिने शिर्ष ५ खेलाडी मध्ये एक हुने छन्। रिपोर्टका अनुसार युनाइटेडमा अनुबन्ध भएको खण्डमा सान्चोले हप्ताको ३,७५,००० पाउन्ड पारिश्रमिक पाउने छन्।

गत वर्ष युनाइटेडले बोरुसिया डोर्ट्मण्डले आफ्नो विङ्गर जेडन सान्चोका लागि तोकेको १२० मिलियन यिरोको मूल्य तिर्न अस्विकार गरे पछी सन्चोले युनाइटेडको जर्सी लगाउन पाएका थिएनन्। यो ट्रान्सफर सिजन भने डोर्टमण्डले सान्चोको मुल्य घटाएर ९५ मिलियन युरो पुर्याएता पनि रिपोर्टका अनुसार युनाइटेडले तत्काल डोर्ट्मण्डलाई ७० मिलियन युरो मात्र प्रस्ताव गरेको छ।
२१ वर्षका युवा स्टार खेलाडी सान्चो २०१७ मा इङलिस क्लब म्यान्चेस्टर सिटिबाट बोरुसिया डोर्टमण्डमा अनुबन्ध भएका थिए। डोर्टमण्डमा अनुबन्ध भए देखि उनले डोर्टमण्डका लागि १३७ खेलमा ५० गोल गरि सकेका छन्।