युनाइटेडको सान्चो भित्र्याउने नयाँ रणनीति

एजेन्सी, म्यान्चेस्टर युनाइटेडले बोरुसिया डोर्टमण्डका जेडन सान्चोलाई भित्र्याउन नयाँ रणनीति प्रयोग गर्न सक्ने देखिएको छ। रिपोर्टका अनुसार युनाइटेडले डोर्टमण्डसँगको सम्झौतामा जेस्सी लिंगार्डलाई सम्मीलित गरि सान्चोलाई सस्तो मुल्यमा ओल्ड ट्रयाफर्ड भित्र्याउन चाहान्छ।
जेस्सी लिंगार्ड गत जनवरी वेस्ट ह्याममा लोनमा अनुबन्धित भएदेखि उनी १३ खेलमा १३ गोलमा संलग्न भईसकेेेका छन्। रिपोर्टका अनुसार यस कारणले गर्दा पनि डोर्टमण्ड लिंगार्डलाई भित्र्याउन इच्छुक छ।

युनाईटेडले गत सिजन सान्चो भित्र्याउने प्रयास गरेता पनि चर्को मुल्यको कारण भित्र्याउन असफल भएको थियो। यो सिजन भने डोर्टमण्डले सान्चोको मुल्य घटाई १०० मिलियन युरोमा झारेको छ। लिंगार्ड २०२२ सम्मका लागि मात्र युनाइटेडमा अनुबन्धित रहने भएकाले पनि युनाइटेड जेस्सी लिंगार्डलाई प्रयोग गरि यो मुल्य झन् घटाउन चाहन्छ।