युनाइटेडको खेलाडी भित्र्याउन इन्टर मिलान इच्छुक

एजेन्सी, म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर डनि भ्यान डे बिक भित्र्याउन इटालियन क्लब इन्टर मिलान इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार इन्टर मिलान भ्यान डे बिकलाई लोनमा भित्र्याउन चाहन्छन्।

इन्टर आफ्नो डेनिस खेलाडी क्रीस्चियन एरिक्सनलाई प्रतिस्थापन गर्नका निम्ति भ्यान डे बिक भित्र्याउन चाहेको देखिएको छ। एरिक्सन युरो २०२० अन्तर्गत फिनल्यान्ड विरुद्ध आफ्नो राष्ट्रिय टोलिका लागि खेल्ने क्रममा हृदयघातमा परेका थिए। रिपोर्टका अनुसार इन्टर भ्यान डे बिकलाई किन्ने आर्थिक क्षमतामा नरहेका कारण उनलाई लोनमा भित्र्याउन चाहन्छन्।
२४ वर्षका डच मिडफिल्डर भ्यान डे बिक गत वर्ष नै करिब ४० मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए। युनाइटेडको जर्सीमा उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। उनले युनाइटेडका लागि ३६ खेल खेलेका छन्।