युनाइटेडका लागि भरानको विकल्प एन्डर्सन

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनका डिफेन्डर योआकिम एन्डर्सनलाई भरानको विकल्पको रुपमा पहिचान गरेको छ। रिपोर्टका अनुसार युनाइटेडले यो ट्रान्सफर सिजन स्पेनीश क्लब रियल मड्रिडका स्टार डिफेन्डर राफायल भरान भित्र्याउन नसकेको खण्डमा एन्डर्सन भित्र्याउन प्रयास गर्नेछ।

म्यान्चेस्टर युनाइटेडका साथसाथै अर्का इङलिस क्लब टोटनह्याम पनि उनलाई भित्र्याउन इच्छुक भनिएका छन्। उनले गत सिजन इङलिस क्लब फुलह्याममा लोनमा बिताएका थिए। फुलह्याम रेलिगेट भएता पनि उनले क्लबका लागि भने राम्रो प्रदर्शन गरेका थिए।
२५ वर्षका डेनिस खेलाडी एन्डर्सन २०१९ मा करिब २६.१ मिलियन पाउन्डमा लियोनमा अनुबन्ध भएका थिए। उनले गत सिजन फुलह्यामका लागि ३१ खेल खेल्नुका साथै एक गोल गर्न सफल पनि भएका थिए।