युनाइटेडका मिड्फिल्डर क्लब छाड्न अनिच्छुक

एजेन्सी, म्यान्चेस्टर युनाइटेडका डच मिड्फिल्डर डनि भ्यान डे बिक क्लब छाड्न अनिच्छुक देखिन्छन्। रिपोर्टका अनुसार २४ वर्षका डच खेलाडी भ्यान डे बिक युनाइटेड छाड्न अनिच्छुक छन् र क्लबमा आफ्नो स्थानका लागि संघर्ष गर्न तयार छन्।

युनाइटेडको जर्सीमा पर्याप्त खेल समय नपाएकाले उनले यस ट्रान्सफर सिजन लोनमा क्लब छाड्न सक्ने आंकलन गरिएको थियो। उनी गत वर्ष नै डच क्लब आयाक्सबाट करिब ४० मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए। युनाइटेडमा अनुबन्ध भए देखि उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्।
२४ वर्षका डच मिडफिल्डर भ्यान डे बिकले युनाइटेडका लागि ३६ खेल खेलेका छन्। उनलाई भित्र्याउन स्पेनिश क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलान इच्छुक रहेको भनिएको थियो।