सर एलेक्सले बचायो युनाइटेडका प्रशिक्षक सोल्सरलाई

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका नर्वेजियन प्रशिक्षक ओले गनर सोल्सरका लागि आउँदो युनाइटेडको टोटनह्यामसँगको खेल निर्णायक हुने देखिएको छ। रिपोर्टका अनुसार सोल्सर निष्कासित हुने वा नहुने उक्त खेलले निर्धारण गर्नेछ। 

युनाइटेडले हालै आफ्नो ऐतिहासिक प्रतिद्वन्दी लिभरपुलसँग ५-० को हार बेहोरेका थिए। उक्त परिणाम पछि युनाइटेडले उनलाई निस्कासन गर्ने आंकलन भएता पनि रिपोर्टका अनुसार युनाइटेडले उनलाई टोटनह्यामसँगको खेल सम्मका लागि अर्को मौका दिनेछन्।
४८ वर्षका नर्वेजियन प्रशिक्षक सोल्सर युनाइटेडका पुर्व खेलाडी पनि हुन्। उनी १९९६ देखि २००७ सम्म क्लबमा खेलाडीका रुपमा अनुबन्धित थिए। उनले म्यान्चेस्टर युनाइटेडका लागि ३६६ खेल खेलेका थिए जस्मा उनले १२६ गोल गर्न सफल पनि भएका थिए।
प्रशिक्षक ओलेलाई अर्को मौका दिनमा युनाइटेडका लेजेन्डरी प्रशिक्षक तथा बोर्डका सदस्य सर एलेक्स फर्गुसन रहेको बुझिएको छ ।