युनाइटेडका प्रशिक्षकद्वारा लिङ्गार्डलाई नबेच्ने संकेत

during the Premier League match between Manchester United and Arsenal FC at Old Trafford on December 5, 2018 in Manchester, United Kingdom.
एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर शोल्सरले यो ट्रान्सफर सिजन क्लबले आफ्नो खेलाडी जेस्सी लिङ्गार्डलाई नबेच्ने संकेत दिएका छन्। रिपोर्टका अनुसार उनले लिङ्गार्ड क्लबको योजनाहरुमा रहेको बताएका छन्।

स्पेनिश क्लब अट्लेटिको मड्रिड र अर्का इङलिस क्लब वेस्ट ह्यामको नजर उनी माथी रहेको भनिएको छ। लिङ्गार्डले युनाइटेडमा पर्याप्त खेल समय नपाएकाले गत सिजनको मध्यमा नै उनी वेस्ट ह्याममा लोनमा जानू परेको थियो। वेस्ट ह्याममा भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। यसै कारणले धेरै क्लबहरुको नजर उनी माथी पर्न गएको देखिन्छ।
रिपोर्टका अनुसार युनाइटेडले लिङ्गार्डको मूल्य करिब ३० मिलियन पाउन्ड पनि निर्धारण गरेका छन्। युनाइटेडका प्रशिक्षक शोल्सरले भने लिङ्गार्ड क्लबको योजनाहरुमा रहेको भनी जानकारी दिएका छन्। यसका साथसाथै उनले लिङ्गार्ड टिममा आफ्नो स्थानका लागि लड्न तयार रहेकोे पनि भनेका छन्।
२८ वर्षका इङ्लिस खेलाडी लिङ्गार्ड म्यान्चेस्टर युनाइटेडका एकेडेमीकै उत्पादन हुन्। उनले युनाइटेडका लागि २१० खेलमा ३३ गोल गरेका छन्। वेस्ट ह्याममा लागि भने उनले १६ खेलमा ९ गोल गरेका थिए।