युनाइटेडका प्रशिक्षकको समस्या बढ्दै

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर शोल्सर सिजन सुरु हुनु अघि नै समस्यामा परेका छन्। रिपोर्टका अनुसार क्लबका विभिन्न खेलाडीहरुले पर्याप्त खेल समयको माग गरेकाले प्रशिक्षक शोल्सर समस्यामा परेका हुन्।

रिपोर्टका अनुसार युनाइटेडका डिफेन्डर एरिक बाइ र मिड्फिल्डर आन्ड्रेयाज प्रेरेरा पछि अब युनाइटेडका राइट ब्याक डियोगो ड्यालोटको पनि पर्याप्त खेल समयको माग रहेको छ। युनाइटेडका डिफेन्डर एरिक बाइले यस वर्षको सुरुवातमा नै पर्याप्त खेल समय नपाए क्लब छाड्ने बारे विचार गर्ने भनेका थिए।
म्यान्चेस्टर युनाइटेड स्टार डिफेन्डर राफायल भरान भित्र्याउन लागेकाले बाइले पर्याप्त खेल समय पाउने सम्भावना झन् न्यून देखिन्छ। डियोगो ड्यालोट भित्र्याउन अन्य केही क्लब इच्छुक रहेकाले र उनले पनि गत सिजन ए.सि मिलानमा लोनमा उत्कृष्ट प्रदर्शन गरेकाले ड्यालोटले भने पर्याप्त खेल समय पाउने सम्भावना बलियो देखिन्छ।