प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिकलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।
🚨 Manchester United have joined Arsenal in the race to sign Ukraine star Mykhaylo Mudryk. Erik Ten Hag is a big fan. 🇺🇦
(Source: Sun Sport) pic.twitter.com/LPDpgEOgQr
— Transfer News Live (@DeadlineDayLive) November 15, 2022
मुड्रिकको उत्कृष्ट खेल शैलीको कारण उनको तुलना ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ भने उनलाई मिडियाहरूले ‘युक्रेनी नेमार’ भनेर पनि भन्ने गरेको छ र हाल खबर अनुसार युनाइटेडका कोच टेन ह्याग उनिबाट प्रभावित रहेका छन् र उनलाई क्लबमा भित्राउन टेन ह्याग इच्छुक रहेका छन्।
युक्रेनी प्रिमियर लिग क्लब शाख्तर डोनेट्स्कमा मिखाइलो मुड्रिकको प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला म्यानचेस्टर युनाइटेड पनि उक्त दौडमा सामेल हुन तयार हुने रिपोर्ट छ।
म्यानचेस्टर युनाइटेड सहित आर्सनल र रियल म्याड्रिड पनि उनलाई साइन गर्न इच्छुक रहेको छ भने आर्सनल हाल उक्त दौडमा अन्य क्लबहरू भन्दा धेरै सक्रिय रहेको छ।
Erik ten Hag is said to have had a long-held interest in Mykhaylo Mudryk, dating back to his time at Ajax #MUFC https://t.co/KYwNkmOsIF
— talkSPORT (@talkSPORT) November 14, 2022
२०२१को जनवरी देखि मिखाइलो मुड्रिक डोनेट्स्कको सिनियर टिममा बढुवा भएका थिए भने हाल २१ वर्षीय विंगर टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् र उनले क्लबको लागि ४२ खेल खेल्दै १० गोल १७ असिस्ट गरेका छन्।
उनको खेलको कारण धेरै क्लबहरूको नजर उनी माथि परेको बेला शाख्तर डोनेट्स्क उनलाई बेच्न तयार हुन सक्ने जानकारी छ तर उनको लागि युक्रेनी क्लबले ५० मिलियन युरो भन्दा धेरै माग गर्ने रिपोर्टहरूले जनाएको छ।