युएई विरुद्ध नेपाल दवाबमा, छैटौं विकेट गुम्यो

एसिया कप छनौट क्रिकेट अन्तर्गत युएईविरुद्ध नेपाल दबावमा आएको छ ।

२५५ रनको लक्ष्य पछ्याएको नेपालले ३२औं ओभरको खेल सम्म ६ विकेट गुमाइसकेको छ ।

सुरुदेखि विकेट पतको सिकार भएको नेपालका लागि सुवास खकुरलेले केही सम्हाल्ने प्रयास गरेपनि उनी चौथो विकेटका रुपमा ५० रन बनाउँदै आउट भए ।

त्यसपछि आरिफ शेख र करन करन केसी पनि आउट भए ।

अहिले सम्म नेपालले ६ विकेट गुमाएको छ ।

नेपालका कप्तान पारस खड्काले १६ रन बनउदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । यसैगरी सागर पुन ३ रनमा आउट भए । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी २६ रन बनाएर खेलिरहेका छन् ।