युएई र नेपाल बीच को खेलमा के हुदै छ?

एसीसी एसिया कप छनोट खेलमा खराव सुरुवात गरेको नेपाल खेलमा फर्किने प्रयास गरि रहेको छ । किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले उत्कृष्ट ब्याटिङ गरि रहेको छ । युएईलाई दोस्रो झड्का लागेको छ ।

युएईले यो समचार तयार पार्न सम्म १५ ओभरमा २ विकेटको क्षतिमा ८५ रन बनाएको छ । उत्कृष्ट सुरुवात गरेको युएई पहिलो विकेट बसन्त रेग्मीले १२ ओभर १ बलमा मुहम्मद अहमफक अहमदलाई ४५ रनमा एलपी डब्लुको सिकार पारे ।

त्यस्तै १३ ओभर १ बलमा सन्दीप लामिछानेले युएका कप्तान रोहन मुस्टाफालाई १ रनमा पेभिलिएनको बाटो देखाएपछि नेपाल खेलमा फर्किन खोजेको छ ।