युएईसामु भारत निरिह

एजेन्सी, दुबइमा भएको मैत्रीपुर्ण फुटबलमा भारत युएईसंग लज्जास्पद हार बेहोरेका छन।

जबेल रंगशालामा खेलिएको उक्त खेलमा युएईले भारतको पोस्टमा ६ गोल गरे।

दुबै देशले विश्व कप छनौटको तयारीका लागि खेलिएको खेलमा भारत युएईसामु निरीह बन्न पिग्यो।

युएईका लागि माब्खौतले ह्याट्रिक गरेका थिए।

खेलको १२ औं मिनेटमा माब्खौतले युएईलाई अग्रता दिलाए। त्येस्तै खेलको ३२ औ मिनेटमा युएईले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल २-० गोलको अवस्थामा पुराए। त्येसो त भारतले पहिलो हाफमा केही मौका पाए पनि गोल भने गर्न सक्ने।

दोश्रो हाफको ६० औं मिनेटमा माब्खौतले गोल गर्दै ह्याट्रिक पूरा गरे। त्येस्को चार मिनेट पछि इब्राहिमले गोल गर्दै ४-० गोलको स्थितिमा ल्याए।

खेलको ७१ औं मिनेटमा लिमाले गोल गरे भने ८४ औं मिनेटमा त्याग्लियाबुले गोल गर्दै सहज जित हासिल गरे।

भारतले विश्व कप छनौट अन्तर्गत जुन ३ मा कतारको सामना गर्ने छ। त्येस्तै युएईले मलेसियासंग खेल्ने छ।