युएईले टि२० बिश्व कप आयोजना गर्ने

एजेन्सी, भारतमा हुने भनिएको टि २० क्रीकेट विश्व कप युएईमा हुने भएको छ। अक्टोबर १७ मा सुरु हुने छ र फाइनल नोभेम्बर १४ मा खेल्ने छ।

१६ राष्ट्रले प्रतिस्पर्धा जनाउने प्रतियोगिता आइपिएल सकेको दुई दिन पछि सुरु हुँदैछ। आइपिएल फाइनल अक्टोबर १५ मा हुदैछ।

बिसिसिआइले अधिकारिक रुपमा आइसिसीलाई स्थल सार्न पहल भने गरेको छैन। तर स्रोतका अनुसार स्थल सार्न सहमत भएको बताइएको छ।

प्रतियोगिताको पहिलो चरणमा १२ खेल र आठ टोलीहरू समावेश हुन्छन् जसबाट प्रत्येक समूहका शीर्ष दुई टोलि सुपर १२ का लागि छनोट हुनेछन्। बंगलादेश, श्रीलका, नेदरल्याण्ड, आयरल्याण्ड, स्कटल्यान्ड, नामिबिया, ओमान र पापुवा न्यू गिनीलगायत आठ टोली मध्ये चार टोलीले सुपर १२ मा शीर्ष स्थानमा रहेको टी २० आई टोलीमा प्रवेश गर्ने छन।

१२ खेलहरू सहितको सुपर १२ अक्टुबर २४ देखि सुरु हुने छ जहाँ ६ टोलीहरु दुई समूहमा विभाजित हुनेछन्। सबै खेलहरू दुबई, अबु धाबी र शारजाहमा खेलाइने छ।