युएइ विरूद्द नेपालकाे पाँचाै सफलता

एसीसी एशिया कप छनोट अन्तर्गत नेपालले अहिले युएईसँग खेलिरहेको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले बलियो सुरुवात गरेको छ ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले हारेको नेपालले आज पनि युएई विरुद्ध सुरुवातमा राम्रो बलिङ गर्न सकेन । जसका कारण युएईले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्न सफल भयो ।

तर बसन्त रेग्मीले मोहम्मद अस्फाक अहमदलाई ४५ रनमा आउट गरेपनि नेपाले पहिलो सफलता हात पार्यो । त्यसको लगत्तै सन्दिप लामिछानेले कप्तान रोहन मुस्तफालाई पेभेलियनको बाटो देखाएपछि युईएले अरु एक रन पनि थप्न नपाउदै दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि रमिज सहजाद र चिराग सुरी विच ६७ रनको साझेदारी हुदा युएई एक समय बलियो स्थितीमा पुगेको थियो ।

तर एक सय ३७ रनमा उसले तेस्रो विकेट गुमायो । त्यसपछि एक सय ५९ रन हुदा नेपालले युएईको ५ विकेट लियो । नेपालका लागि बसन्त रग्मी र सन्दिप लामिछानेले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।