युएफा द्वारा लिभरपुलका प्रशिक्षकलाई आदेश

एजेन्सी, लिभरपुलका प्रशिक्षक योर्गेन क्लप आफ्नो प्रशिक्षण अनुमति पत्र (लाइसेन्स) गुमाउने जोखिममा छन्। रिपोर्टका अनुसार क्लपले आफ्नो अनुमति पत्र नवीकरण नगरेकाले उन्को अनुमति पत्र बदर हुन सक्ने सम्भावना रहेको छ। युएफाले उन्लाइ आफ्नो प्रशिक्षण अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्न आदेश दिएको हो।

युएफा द्वारा प्रदान गरिने उक्त अनुमती पत्र उन्ले आफ्नो व्यस्तताको कारण देखाइ नवीकरण नगरेको बताएका छन्। उन्ले प्रशिक्षकहरु अत्यन्तै व्यस्त हुने भएकोले सधै नवीकरण गराइराख्न बाध्य बनाउन नहुने पनि भनेका छन्।
हाल लिभरपुलका प्रशिक्षक क्लपले लिभरपुल सँग प्रेमियर लिग र च्याम्पियन्स लिग जस्ता थुप्रै प्रतिष्ठित उपाधीहरु जिति सकेका छन्। ५३ वर्षका जर्मन प्रशिक्षक क्लप लिभरपुल भन्दा अघी बोरुसिया डोर्टमण्डका प्रशिक्षक थिए।