युईफा द्वारा युरो २०२० को फाइनल सार्ने चेतावनी

एजेन्सी, युरोपियन फूटबल महासंघ युईफाले युरो २०२० को फाइनल इङ्ल्याण्डको वेम्ब्लि रङ्गशालाबाट सार्ने चेतावनी दिएका छन्। युइफाले बेलायती सरकारलाई युरो २०२० को फाइनल इङ्ल्याण्डको वेम्ब्लि रङ्गशालाबाट बुडापेस्ट सार्ने चेतावनी दिएका हुन्।

रिपोर्टका अनुसार युईफाले बेलायती सरकारले युईफाका २५०० अधिकारीहरुका लागी क्वारेन्टाइनका नियमहरु बदर नगरे युरो २०२० को फाइनल इङ्ल्याण्डको वेम्ब्लि रङ्गशालाबाट सार्ने चेतावनी दिएका छन्। फाइनल सारिएको खण्डमा उक्त खेल हङ्गरीको राजधानी बुडापेस्टको नवनिर्मित पुस्कास रङ्गशालामा हुने आंकलन गरिएको छ।
हङ्गरी यिरोपेली युनियनको सेङ्गेन क्षेत्र भित्र पर्ने भएकाले अर्को हप्ता देखी सिमामा प्रतिबन्ध नहुने बाताइएको छ। यसका साथसाथै बुडापेस्टमा फाइनल भएको खण्डमा रङ्गशालामा पुर्ण दर्शक क्षमतामा खेल खेलाइने पनि भनिएको छ। इङ्ल्याण्डको वेम्ब्लि रङ्गशालामा भने आधी दर्शक क्षमतामा खेल खेलाइने छ।
युरोको २०२० को फाइनलका साथसाथै सेमिफाइनल पनि इङ्ल्याण्डको वेम्ब्लि रङ्गशालामा नै हुने निर्णय गरिएको थियो। युरो २०२० को फाइनल खेल जुलाइ ११ मा हुन गइरहेको छ।