युइएफए दि बेस्ट प्लेयरको घोषणा भोलि हुँदै, पुरा जानकारी

युइएफएले ‘युइएफए दि बेस्ट प्लेयर’को घोषणा भोलि बिहिवार हुनेछ । फान्सको मोनाकोमा हुने अवार्डकालागि विश्वचर्चित तीन खेलाडी मनोनयमा छन ।

बार्सिलोनका लियोनल मेस्सी, युभेन्टसका क्रिस्टियानो रोनाल्डो तथा लिभरपुलका भर्जिल भान डाइक उत्कृष्ट १० खेलाडीबाट अन्तिम तीनमा छानिएका हुन । युइएफएले उत्कृष्ट १० मध्येबाट भोटिङ, प्रदर्शन र मूल्याङ्कनका आधारमा तीन जनालाई छनोट गरेको थियो ।

अन्तिम तीनमा परेका खेलाडी क्लब फुटबलमा सफल छन् । तीनै खेलाडीले आफ्नो टिमलाई च्याम्पियन्स बनाएका छन् । सन् २०१८–१९ को सिजनमा भर्जिल भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउँदा मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका थिए । रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ र कोपा इटालियाको उपाधि जिताए । गत सिजन पोर्चुगलकालागि युरोपियन नेसन्स लिग जिताएका थिए ।

तीनै खेलाडीलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । एक दशकयता फुटबल क्षेत्रमा प्रभाव बनाएका मेस्सी र रोनाल्डोलाई कडा टक्कर लिभरपुलका कप्तान डाइकले दिएका छन् । तर केही समय अघि भएको एक सर्वेक्षणले मेस्सीलाई अगाडी देखाएको छ । अनलाइन सर्वेक्षणले ३२ वर्षी मेस्सी रोनाल्डो र भान डाइकलाई पछि पार्दै ‘मेन्स प्लयेर अफ दि इयर’ मुख्य दाबेदार देखाएको हाे । सर्बेक्षणले भान डाइक दास्रो देखाउदा रोनाल्डोलाई तेस्रो स्थानमा रहेको देखाएको थियो ।

युइएफए च्याम्पियन्स लिगले पनि केही दिन अघि भोटिङ पोल गरेको थियो । उक्त भोटिङ पोलमा ४ लाख ४४ हजार ८ सय ७४ जनाले भोट गर्दा मेस्सी अगाडि थिए ।

अवार्ड युइएफएले सबैखाले प्रतियोगिता गरेर उनीहरूको प्रदर्शनका आधारमा प्रदान गर्नेछ । घरेलु र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताको प्रदर्शनका आधारमा विजेता चुनिने छ ।

च्याम्पियन्स लिगको ड्र पनि बिहीबार
युरोपियन च्याम्पियन्स लिगको ड्र पनि बिहीबार सार्वजनिक हुनेछ । ३२ टोली समावेश हुने उक्त समूह चरणको खेल तालिका ८ वटा समूहमा विभाजन हुनेछ । जसमा समान ४–४ वटा टोली हुनेछन् ।

जसमा, साबिकको विजेता लिभरपुलका साथै उपविजेता टोटनह्याम, बार्सिलोना, युभेन्टस, रियल मड्रिड, एथ्लेटिको मड्रिड, इन्टर मिलान, नापोली, बायर्न म्युनिख, एटलान्टा, डर्टमुण्ड, पीएसजीलगायत चर्चित टोलीहरू छन् ।