युइएफएद्वारा लिभरपुल च्याम्पियन्स लिगको विजेता भएको घोषणा

युइएफए ले फाइनल खेल नै नभई जारी सिजनको च्याम्पियन्स लिगको विजेता सार्वजनिक गरेको छ । युइएफएले शुक्रबार गल्तीले उनीहरुको आधिकारीक वेभसाइटमा लिभरपुल विजेता भएको घोषणा समेत गरेका हुन् ।

युइएफए डटकमको च्याम्पियन्स लिगको पेजको माथि नै सिजन २०१७–१८ को विजेता लिभरपुल भन्दै लोगो पनि राखेको थियो । गल्तीले उक्त जानकारी राखिए पनि उक्त विषयमा सामाजिक संजालमा व्यापक विरोध भएको छ । यतिका ठूलो संस्था भएर पनि प्राविधिक कुरालाई ख्याल नगरिनु लज्जास्पद कुरा भएको भन्दै युइएफएको विरोध भएको हो ।

हाल उक्त जानकारी सच्याइसकेको छ ।

च्याम्पियन्स लिग फाइनलकोक लागि मे २७ (नेपाली मिति) मा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल एक आपसमा भिड्दै छन् । रियलले सेमिफाइनलमा जर्मन क्लब बार्यन म्युनिखलाई हराएको थियो भने लिभरपुलले इटालियन क्लब रोमालाई हराएको थियो ।