यी ५ कोच माथि म्यानचेस्टर युनाइटेडको नजर

Manchester United's Bruno Fernandes, (18), celebrates with teammates after scoring his sides 2nd goal of the game from the penalty spot during the English Premier League soccer match between Manchester United and Aston Villa at Old Trafford in Manchester, England, on Friday, January 1, 2021. Photo: Carl Recine/ Pool via AP

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक ओले गनर सोल्सरलाई बर्खास्त गरे पछि हाल युनाइटेड नयाँ प्रशिक्षकको खोजीमा रहेको छ। हालको लागि भने केयर टेकरको रुपमा माइकल क्यारिक युनाइटेडलाई म्यानेज गर्दै छन् तर युनाइटेडको योजना भने यो सिजनको लागि अन्तरिम कोच साइन गर्नु रहेको छ।

खबर अनुसार यो सिजन अन्त्य नभए सम्मको लागि एक अन्तरिम म्यानेजरको रुपमा नयाँ कोच भित्राउने युनाइटेडको योजना रहेको छ र युनाइटेडले ५ कोचहरूको सुची तयार गरेको जानकारी छ।

डेली मेलका अनुसार युनाइटेडले कोचहरूको सुची तयार गरेको छ जसमा अर्नेस्टो भाल्भर्डे, लुसियन फाभ्रे, राल्फ रांगनिक, पाउलो फोन्सेका र रुडी गार्सिया रहेका छन्। नयाँ मुख्य कोच साइन नगरे सम्म उक्त पाँच मध्ये एकलाई यो सिजनको लागि अन्तरिम म्यानेजरको रुपमा भित्राउने युनाइटेडको योजना रहेको रिपोर्ट छ।

अर्नेस्टो भाल्भर्डे र राल्फ रांगनिक भने हाइ प्रोफाइल र मुख्य दाबेदारको रुपमा रहेका छन्। अर्नेस्टो भाल्भर्डे पूर्व बार्सा कोच हुन् भने उनलाई बार्साले बर्खास्त गरेको थियो। राल्फ रांगनिकले आरबी लाइपजिगलाई बुन्डेसलिगामा एक राम्रो टिम बनाउन मद्दत गरेका थिए।

प्रेमियर लिग अन्तर्गतको खेलमा युनाइटेडले वाट्फर्डसँग ४-१ को हार बेहोरेपछि ओले बर्खास्त भएका हुन् र हाल उनको ठाउँ माइकल क्यारिकले लिए पनि अन्तरिम कोच साइन गर्ने युनाइटेडको योजना रहेको जानकारी छ।