यी ४ खेलाडी जस्ले मेस्सीको स्थान लिन सक्छ्न

चाहे उसले क्लबमा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने छ वा छैन, त्यो अकल्पनीय बार्सिलोनाको लागि झन् नजिक हुँदैछ – लियोनेल मेस्सीलाई गुमाउँदा।

यी ३३ वर्षीयले सिजनको सुरुवातमा यसलाई स्पष्ट परे, ट्रान्सफर अनुरोधको साथ उनले बुरोफ्याक्स मार्फत आफू क्याम्प नौ छोड्न चाहेको बताए।

जोसेप मारिया बार्टोमेउको राजीनामासंगै अर्जेन्टिना अन्ततः
बार्सिलोनामा रहे तर नया सम्झौताको कुनै प्रस्ताव आएको देखिदैन।

नया विचार र उमङ्ग भएको अध्यक्षले मेस्सीलाई नया सम्झौतामा हस्ताक्षर गरौन मनाउन सक्ने छ।

यद्यपि रोनाल्ड कोम्यानको टोलिले गर्दै आएको प्रदशनले आगामी सिजनहरुमा शिर्ष पुरस्कारका लागि कुनै चुनौती दिने भन्नेमा सङ्का उत्पन्न हुन्छ।

त्यसोभए, यदि मेस्सीले बार्सिलोना छोड्ने हो भने को हुन सक्छन उन्को बिकल्प?

लौटारो मार्टिनेज

लौटारो मार्टिनेजलाई बार्सिलोना पहिला देखीनै क्लबमा भित्राउन चाहेका थिए। धेरै क्षमतासहितको एक गतिशील स्ट्राइकर, लौटारो पक्कै मेस्सीको अनुपस्थितिमा बार्सिलोनाको टीमको लागि मूल्यवान् हुन सक्छ।

अर्जेन्ताइनको हालको क्लबसंग २०२३ सम्म सम्झौता रहेको छ। सिजनको सुरुवातमा क्लबले लौटारोको मूल्य नघटाउदा उनी अरु क्लबमा जानबाट बन्चित हुन पुगेका थिए।

नेय्मार

एउटा उत्कृष्ट बिकल्प नेय्मार हुने देखिन्छ। उनी पिएसजीमा गए देखि हरेक सिजन उनी बार्सिलोनामा फर्कने चर्चा चल्छ। हालको अवस्थामा भने सो कुरा सम्भब नभए पनि भबिस्यमा भने सम्भावना रहेको छ।

नेय्मारको सम्झौता सकिन १८ महिना बाकी रहेको छ। यधप्पी क्लबका अध्यक्ष नासर अल-खलिफाका अनुसार नेय्मारलाई नया सम्झौता दिने तयारी भइरहेको उन्ले एउता अन्तर्वार्तामा बताए।

मोहामेद सालाह

बार्सिलोनाको आर्थिक भारलाई हामिले मध्यनजर गर्ने हो भने सालाह एउता उत्कृष्ट बिकल्प हुनेछ। २८ बर्षको उमेरमा आफ्नो क्यारियरको उत्कृष्ट बर्ष र हालको सिजनमा युरोपको सर्वश्रेष्ठ खेलाडी मध्ये एक साबित गरिसकेका छन। त्येस्तै लिभरपूलमा सालाह खुशी नरहेको भन्ने रिपोर्टले बार्सिलोनाले अवस्था नियाली राखेको हुनसक्दछ।

उन्ले हालै दिएको एक अन्तर्वार्तामा रियल म्याड्रिड र बार्सिलोना शिर्ष क्लब हो भन्दै स्विकारेका थिए। लौटारोको जस्तो सालाहको सादे दुई बर्षको सम्झैता रहेको छ।

आन्सु फाति

बार्सिलोनाले मेस्सीको बिकल्प आफ्नै टिममा हेरे पुग्छ। दुई बर्षको अन्तरालमा उन्ले आफ्नो क्षमतामा पुर्ण वृद्धि गरि सकेका छन। जारी सिजन चोटका कारण उन्ले खेल्न नपाए पनि युवा खेलाडीबाट धेरै आश गरिएको छ।

त्येस्तै आन्सु फातीसंगै पेद्रिले पनि जारी सिजन सबलाइ आफ्नो प्रदशनले चकित परेका छ्न।