यी ४ खेलाडी क्लबमा भित्राउने जाभीको योजना

यी ४ खेलाडी क्लबमा भित्राउने बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी आउँदो महिनामा क्लबमा नयाँ खेलाडीहरू भित्राउन इच्छुक रहेका छन् र हाल उनी खेलाडीहरूको सूची बनाउन व्यस्त रहेका छन्।

क्लब लेजेण्ड रोनाल्ड कोम्यानको प्रस्थान पछि मुख्य प्रशिक्षकको रूपमा अर्का क्लब लेजेण्ड जाभी आएका छन् र अब क्याटालान क्लबलाई लियोनेल मेस्सी पछिको युगको नेतृत्व गर्ने जिम्मेवारी जाभी माथि रहेको छ।

डायरियो स्पोर्टका अनुसार हाल जाभी क्लबमा भित्राउन खेलाडीहरूको सुची बनाउँदै छन् र चेल्सीको हाकिम जियाच र बायर्न म्युनिखका किङ्स्ले कोम्यानलाई जस्ता खेलाडी जाभीको योजनामा रहेको छ।

बार्सिलोनाको नाम म्यानचेस्टर सिटीका रहीम स्टर्लिंग र आरबी लाइपजिगका युवा खेलाडी ड्यानी ओल्मोसँग पनि जोडिएको छ।

चेल्सीको हाकिम जियाच भने ती खेलाडीहरू मध्ये रहेका छन् जसलाई साइन गर्न बार्सा सफल हुन धेरै सम्भावना रहेको छ, चेल्सीमा हाल उनले धेरै समय पाएका छैनन् भने उनले चेल्सीमा सोचे अनुरूप पनि खेल्न सकेकाछैनन् ।