यी ४ क्लब मध्ये एक सर्जियो रामोसको गन्तव्य बन्न सक्ने

स्पेनिश क्लब रियल मड्रिडका स्टार डिफेन्डर सर्जियो रामोसले रियल छाड्ने पक्का भए संगै उनको नयाँ गन्तव्य कुन होला भनी आंकलन भइरहेको छ। यससंगै उनी यी ४ क्लबहरु मध्ये एकमा अनुबन्ध हुन सक्ने सम्भावना भने बढी रहेको मानिएको छ।

१. म्यान्चेस्टर सिटि
इङलिस क्लब म्यान्चेस्टर सिटि उनलाई भित्र्याउन इच्छुक रहेको मानिएको छ। यसका साथसाथै सिटिले उनलाई लामो अवधीको लागि अनुबन्ध गर्ने प्रस्ताव राख्न सक्ने हुँदा उनी सिटि जान सक्ने सम्भावना रहेको छ।
२.म्यान्चेस्टर युनाइटेड
युनाइटेडको अर्का रियल मड्रिडका स्टार डिफेन्डर राफायल भरान भित्र्याउने योजनामा धक्का पुगेको कारण र युनाइटेड पनि हाल डिफेन्डर भित्र्याउन इच्छुक रहेकाले उनको म्यान्चेस्टर युनाइटेड जान सक्ने सम्भावना बलियो देखिन्छ।
३.पि.एस.जि
फ्रेन्च क्लब पि.एस.जि सर्जियो रामोसको अर्को सम्भावित गन्तव्य रहेको मानिएको छ। पि.एस.जिको नजर च्याम्पियनस लिगको उपाधी माथी रहेकाले रामोस भित्र्याएको खण्डमा रामोसको अनुभव पि.एस.जिका लागि धेरै महत्त्वपूर्ण हुनेछ।

४.सेभिया
३५ वर्षका सर्जियो रामोसको आफ्नो पुर्व क्लब सेभिया फर्कन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ जहाँबाट उनले आफ्नो खेलाडी जिवनको सुरुवात गरेका थिए। रामोस २००५ मा २७ मिलियन युरोमा सेभियाबाट रियल मड्रिडमा अनुबन्ध भएका थिए।