यी ३ युवा स्टारमा रियल म्याड्रिडको नजर

हाल रियल म्याड्रिडले ट्रान्सफर विन्डोमा धेरै खर्च गरेको छैन तर आउँदो विन्डोमा रियलले ३ स्टार युवा खेलाडी साइन गर्ने योजना बनाएको खबर छ। खबर अनुसार आउँदो ट्रान्सफर विन्डोहरुमा रियलले काइलियन एम्बाप्पे, एर्लिङ हालान्ड र एडुआर्डो कामाविन्गा साइन गर्न प्रयास गर्ने छ।

रियल म्याड्रिडले हाल महामारीको कारण यस गर्मीमा धेरै खर्च गरेको छैन। तर रियलले हाल २०२१को ट्रान्सफर योजना बनाएका छन् जसमा पेरिस सेन्ट-जर्मेनका सुपरस्टार एम्बाप्पे साइन गर्ने योजना समावेश छ।

जिदान आफ्नो क्लबमा सुपरस्टारहरू भित्राउन चाहन्छन्। एम्बाप्पे सँगै उनको योजनामा बोरुसिया डर्टमन्डका स्टार एर्लिङ हालान्ड र रेनेसका कामाविन्गा पनि रहेका छन्।

स्पेनिस आउटलेट एएसका अनुसार, जिदान २०२१/२२ सिजन अगाडि सो खेलाडीहरू रियलमा भित्राउन चाहन्छन्। बोरुसिया डर्टमन्डका स्टार आर्लिङ हालान्डलाई २०२२ सम्म साइन गर्ने जिदानको योजना रहेको कुरा छ।