“यी ३ खेलाडीको खेल हेर्न धेरै मन पर्छ “- नेमार

पेरिस सेन्ट-जर्मेन सुपरस्टार नेमारले आफुलाई हेर्न मन लाग्ने तिन खेलाडीहरुको नाम लिएका छन्। उनले बार्सिलोनाका पूर्व टीम मेट मेस्सीको खेल हेर्ने मन लाग्ने बताए ।

पुर्व बार्सा स्टार नेमारले २०१३ देखि २०१७ सम्म मेस्सी संग खेले र दुई बीच निकै राम्रो सम्बन्ध रहेको छ। फिफाको आधिकारिक वेबसाइटमा बोल्दै, नेमारलाई कुन खेलाडीको खेल रमाईलो लाग्ने भनेर प्रस्न आउंदा उनले ३ खेलाडीहरुको नाम लिए।

“रोनाल्डिन्हो, रोबिन्हो र मेस्सी,” नेमारले भने।

“लियोसँगै खेल्नु भनेको अनौंठो अनुभव थियो, र हामी राम्रो साथी बन्यौं,” ब्राजिलका स्टारले भने।

“ती मध्ये मैले खेल देखेकोमा मेस्सी इतिहासको सर्वश्रेष्ठ हुन्!”

बार्सिलोनाका पूर्व स्टारले मेस्सी र दुई ब्राजिलका स्टार रोनाल्डिन्हो र पूर्व-रियल मैड्रिडका फोवार्ड रोबिन्होको नाम लिए र यी ३ खेलाडीको खेल हेर्न धेरै मन पर्ने उनले फिफालाई बताए ।