यी १४ खेलाडीहरू बार्साका ला मासियाको उत्पादन रहेको तपाईँलाई थाहा नहुन सक्छ

ला मासिया बार्सिलोनाको धेरै प्रख्यात एकेडेमी हो। ला मासियाले धेरै स्टार खेलाडीहरू उत्पादन गरेको छ र त्यो सुचीमा हाल बार्साका सुपरस्टार मेस्सी पनि रहेका छन्। ला मासियाबाट आएका धेरै जस्तो खेलाडीहरू प्रख्यात हुने गरेका छन् तर केही खेलाडीहरू पनि छन् जो ला मासियाको उत्पादन रहे पनि अन्य क्लबमा पुगे पछि मात्र स्टार बनेका छन् र धेरैलाई उक्त खेलाडी ला मासियाका उत्पादन रहेको भनेर थाहा हुने गरेको छैन।

हाल प्रसिद्ध बेलायती खेल म्यागेजिन गिभमिस्पोर्टले १४ स्टार खेलाडीहरूको सुची बनाएको छ जुन ला मासियाका उत्पादन रहेको भनेर धेरैलाई थाहा नहुन सक्छ।

मउरो इकार्डी, हेक्टर बेल्लेरिन र ताकेफुसा कुबो जस्तो खेलाडीहरू रहेका छन् जो हाल एक स्टारको रुपमा बनेका छन् वा बन्ने क्रममा रहेका छन्। मउरो इकार्डी हाल पिएसजीमा रहेका छन् भने उनको निकै राम्रो खेल रहेको छ र आर्सनलका राइट ब्याक हेक्टर बेल्लेरिनले आफुलाई प्रिमियर लिगको एक उत्कृष्ट डिफेन्डरको रुपमा स्थापित गरेका छन्।

अन्य धेरै खेलाडीहरू पनि रहेका छन् जो ला मासियाका उत्पादन रहे पनि धेरैलाई थाहा नरहेको छ र उक्त खेलाडीहरूको सुची तल हेर्न सक्नु हुने छ :-

1. Mauro Icardi

2. Giovani dos Santos

3. Adama Traoré

4. Luis Garcia

5. Pepe Reina

6. Álex Grimaldo

7. Mikel Arteta

8. Oriol Romeu

9. André Onana

10. Takefusa Kubo

11. Jordi Gomez

12. Keita Baldé

13. Nolito

14.Hector Bellerin