यी १३ कम्पनीले ल्याउदै छन् आइपीओ, पुरा जानकारी

नेपाल धितोपत्र बोर्डसमक्ष एक दर्जन कम्पनीहरुले साधारण सेयर निष्काशनको लागि अनुुमति माग गर्दै आवेदन दिएका छन्। १३ वटा कम्पनी साधारण सेयर निष्कासन गर्न पाइपलाइनमा बसेका छन् ।

दुई अर्ब छ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड छ लाख ८० हजार तीन सय ६० कित्ता सेयर पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेका कुल १३ कम्पनीमध्ये, ९ जलविद्युत् कम्पनी, तीन माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंकर रहेका छन् ।

पाइपलाइनमा रहेका कम्पनीहरु:

ग्रिनलाइफ हाइड्रोपावर कम्पनी : ३४ लाख ९६ हजार चार सय कित्ता

लिबर्टी इनर्जी कम्पनी : ३७ लाख ५० हजार लाख कित्ता

लाफिङ बुद्ध पावर नेपाल : नौ लाख ७८ हजार कित्ता

सीईडीबी हाइड्रो फन्ड : २२ लाख ८९ हजार तीन सय कित्ता

सीबीआईएल क्यापिटल : तीन लाख कित्ता

शुभम पावर : पाँच लाख ८० हजार पाँच सय ८० कित्ता

शिव श्री हाइड्रोपार : ३३ लाख ५१ हजार एक सय ४० कित्ता

मैलुङ खोला जलविद्युत् कम्पनी : सात लाख ३६ हजार दुई सय ८६ कित्ता

माउन्टेन इनर्जी नेपाल : ३९ लाख ३६ हजार ५४ कित्ता

गर्जाङ उपत्यका हाइड्रोपावर : दुई लाख कित्ता

घोडिघोडा लघुवित्त वित्तीय संस्था : एक लाख ३२ हजार छ सय कित्ता

सबैको लघुवित्त वित्तीय संस्था : पाँच लाख ३० हजार कित्ता

आँधिखोला लघुवित्त वित्तीय संस्था : चार लाख कित्ता