यी ११ खेलाडीहरू जो रियल म्याड्रिडमा फ्लप भए

रियल म्याड्रिड युरोपकै सबैभन्दा ठुलो फुटबल क्लब मध्ये एक हो र रियल ठुलो स्टार खेलाडीहरू साइन गर्ने क्लब भनेर रूपमा चिनिन्छ। रियलमा रोनाल्डो, बेकह्याम र लुइस फिगो जस्तो धेरै स्टार खेलाडीहरूले खेलेका छन् र सफल पनि रहेका छन् तर केही खेलाडीहरू पनि छन् जो रियलमा आए पछि फ्लप भएका छन्।

यसको भर्खरको उदाहरण एडन हजार्ड हुन सक्छ। चेल्सीमा स्टार रहेका हजार्ड रियल आए पछि चोटको कारण संघर्ष गर्दै छन् र धेरैले उनलाई फ्लपको लेबल दिन सुरु गरिसकेका छन्।

रियलमा फ्लप भएका खेलाडीमा हजार्ड मात्र छैनन् र धेरै खेलाडी रियलमा फ्लप भएका छन् र ब्रिटिस खेल वेबसाइट गिभमिसपोर्टले रियलमा फ्लप भएका ११ खेलाडीहरूको स्टार्टिंग एलेवेन बनाएको छ जुन तल हेर्न सक्नु हुने छ:-

GK: Kiko Casilla

RB: Danilo

CB: Jonathan Woodgate

CB: Walter Samuel

LB: Theo Hernandez

RM: Pedro Leon

CM: Kaka

CM: Nuri Sahin

LM: Eden Hazard

ST: Antonio Cassano

ST: Nicolas Anelka