यी हुन हाल सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरू

हाल युरोपियन क्लबहरूमा सबैभन्दा धेरै कमाउने ५ खेलाडीहरूको सुची सार्वजनिक भएको छ। सो सुचीको अनुसार बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी हाल सबैभन्दा धेरै कमाउने खेलाडी रहेका छन्।

खबर अनुसार अनुसार मेस्सीको प्रति हप्ताको तलब £२.१ मिलियन रहेको छ जसको मतलब उनको वार्षिक तलब £१०८.२ मिलियन रहेको छ।

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने सो सुचीको दोस्रो स्थानमा रहेका छन्। युभेन्टसमा उनको साप्ताहिक तलब प्याकेटमा £९००,००० रहेको जानकारी छ जसको मतलब उनको वार्षिक तलब £४६.७ मिलियन रहेको छ।

तेस्रो स्थानमा ब्राजिलियन स्टार नेमार रहेका छन्, उनी इतिहासको सब भन्दा महँगो खेलाडी हुन्। २९ वर्षका स्टारले पेरिस सेन्ट-जर्मेनबाट प्रति हप्ता ६०६,००० कमाउने गर्छन् जसको मतलब उनको प्रति वर्षको तलब £३१.५ मिलियन रहेको छ।

सूचीमा चौथोमा संयुक्त रूप लुइस सुआरेज र एन्टोनी ग्रिजम्यान रहेका छन् र उनीहरूको प्रति हप्ता £५७५,०००को तलब रहेको छ जुन प्रति वर्ष £३० मिलियन हुन्छ।

पिएसजीका फ्रेन्च स्टार एम्बाप्पे भने पाँचौँ स्थानमा छन्। हाल उनको वार्षिक तलब £२५.७ मिलियन रहेको छ तर पिएसजीले उनलाई चाडै £३० मिलियनको तलब प्रस्ताव गर्ने जानकारी छ ।