यी हुन कम रिलिज क्लज मूल्य भएका स्टार खेलाडीहरु

यो ट्रान्सफर विन्डोमा क्लबहरुमा ट्रान्सफरको धेरै गतिविधि भएको छैन। हालको अवस्थमा क्लबहरुलाई आर्थिक रुपमा गार्हो भएको छ भने खेलाडीहरुको मूल्यमा पनि गिरावट भएको छ र यस्तो समयमा खेलाडीको रिलिज क्लज निकै महत्त्वपूर्ण बनेको छ।

रिलिज क्लज भनेको खेलाडी र क्लब बीचको सम्झौतामा हुने एक खण्ड हो जसमा खेलाडीको एक रिलिज क्लज मूल्य हुन्छ र अन्य क्लबले सो मूल्य तिर्न सके र सो खेलाडी पनि सहमत भए सो ट्रान्सफरलाई खेलाडीको क्लबले रोक्न सक्दैन।

धेरै जस्तो खेलाडीको रिलिज क्लज निकै ठुलो हुने गरेको छ, तर केहि स्टार खेलाडीहरु छन् जसको रिलिज क्लज निकै कम छ जसको फाइदा अन्य क्लबहरुले लिन सक्ने छ।

कम रिलिज क्लज मूल्य भएको स्टार खेलाडीहरु:-

Adolfo Gaich – £11.5m
Club: CSKA Moscow

Rui Silva – £12.7m
Club: Granada

Ezequiel ‘Chimy’ Avila – £20m
Club: Osasuna

Lorenzo Pellegrini – £25m
Club: Roma

Dayot Upamecano – £38m
Club: RB Leipzig

Erling Haaland – £66m
Club: Borussia Dortmund