यी हुन् २०२१मा सबैभन्दा धेरै गोल प्रति खेल अनुपात भएका फुटबल खेलाडीहरू

२०२१/२२ सिजनमा प्रिमियर लिगका स्टार स्ट्राइकर मोहम्मद सालाह धेरै उत्कृष्ट फममा रहेका छन्। म्यानचेस्टर युनाइटेड विरुद्धको ह्याट्रिक पछि उनको झन् धेरै चर्चा भएको थियो र २०२१ वर्षको उनको लागि निकै उत्कृष्ट रहेको देखिन्छ तर २०२१मा प्रति खेल सबैभन्दा बढी गोल गर्ने सुचीमा उनी भन्दा धेरै खेलाडीहरू अगाडी रहेका छन्।

प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफर मार्केटले २०२१मा युरोपको शीर्ष ५ लिगमा खेल्दै गरेका सबैभन्दा धेरै गोल प्रति खेल अनुपात भएका फुटबल खेलाडीहरूको सुची तयार गरेको छ भने उक्त सुचीको शीर्ष स्थानमा बयार्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन्।

२०२१मा उनले ४८ गोल गरेका छन् र उनको १.२६ गोल प्रति खेलको अनुपात रहेको छ जसले उनलाई युरोपको शीर्ष ५ लिगमा सबैभन्दा धेरै गोल प्रति खेल अनुपात भएको खेलाडी बनाउँछ। दोस्रो स्थानमा भने डर्टमन्डका युवा स्टार अर्लिङ हालान्ड रहेका छन् २०२१मा ३७ गोल गर्दै उनको १.००को गोल प्रति खेल अनुपात रहेको छ।

२०२१मा सबैभन्दा धेरै गोल प्रति खेल अनुपात भएका फुटबल खेलाडीहरू को पूर्ण सुची तल हेर्नुहोस्:-

0. Gerard Moreno (Villarreal & Spain) – 25 goals, 0.61 goals-per-game

9. Harry Kane (Tottenham Hotspur & England) – 28 goals, 0.62 goals-per-game

8. Dusan Vlahovic (Fiorentina & Serbia) – 24 goals, 0.69 goals-per-game

7. Cristiano Ronaldo (Manchester United & Portugal) – 31 goals, 0.70 goals-per-game

6. Kylian Mbappe (Paris Saint-Germain & France) – 34 goals, 0.72 goals-per-game

5. Mohamed Salah (Liverpool & Egypt) – 30 goals, 0.75 goals-per-game

4. Karim Benzema (Real Madrid & France) – 33 goals, 0.77 goals-per-game

3. Lionel Messi (Paris Saint-Germain & Argentina) – 31 goals, 0.86 goals-per-game

2. Erling Braut Haaland (Borussia Dortmund & Norway) – 37 goals, 1.00 goals-per-game

1. Robert Lewandowski (Bayern Munich & Poland) – 48 goals, 1.26 goals-per-game