यी हुन् २०१९ सबैभन्दा बढी कमाएका फुटबल खेलाडीहरु

२०१९मा सबैभन्दा बढी कमाउने खेलाडीहरुको नाम सार्वजनिक भएको छ। फ्रान्स फुटबलले तयार पारेको सुचीमा गत बर्स सबैभन्दा बढी कमाउने फुटबल खेलाडीहरुको नाम रहेको छ।

उक्त सुची अनुसार २०१९मा सबैभन्दा बढी कमाउने खेलाडी बार्साका सुपरस्टार मेस्सी बनेका छन्। उक्त सुचीमा क्लबले दिने तलब र क्लब बाहिर हुने कमाई- बोनस, अनुमोदन, प्रायोजन र ब्रान्ड विज्ञापनहरु र अधिक पनि समावेश गरेको छ ।

उक्त सुचीको दोस्रो स्थानमा युभेन्टसका स्टार रोनाल्डो रहेका छन्। सुचीमा नेमार, एडन हजार्ड, रोबर्ट लेवान्डोस्की जस्ता अरु स्टार खेलाडी पनि रहेका छन्।

२०१९मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस् :-

10. Kylian Mbappe – £24.73 million

9. Robert Lewandowski – £26.56 million

8. Raheem Sterling – £30.96 million

7. Andres Iniesta – £31.14 million

6. Eden Hazard – £32.06 million

5. Antoine Griezmann – £35.25 million

4. Gareth Bale – £35.45 million

3. Neymar – £87 million

2. Cristiano Ronaldo – £109 million

1. Lionel Messi – £120 million