यी हुन् हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट सेन्ट्रल मिडफिल्डरहरू

प्रसिद्ध फुटबल म्यागेजिन फोर-फोर-टुले हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट सेन्ट्रल मिडफिल्डरहरूको सुची तयार गरेको छ। फोर-फोर-टुले हाल उत्कृष्ट प्रदर्शन गर्दै गरेका १० सेन्ट्रल मिडफिल्डरहरूको सुची तयार गरेको छ र उक्त सुचीको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो फर्नांडीस रहेका छन्।

२७ वर्षका स्टार मिडफिल्डर ब्रुनो फर्नांडीस युनाइटेडका लागि एक महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित भएका छन् भने हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट सेन्ट्रल मिडफिल्डरको रुपमा उनलाई सिद्ध फुटबल म्यागेजिन फोर-फोर-टुले उल्लेख गरेको छ।

दोस्रो स्थानमा भने म्यान सिटी सुपरस्टार केभिन डि ब्रोइना रहेका छन् उनी सिटीको निकै महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन् भने गत सिजन सिटीले लिग जित्दा उनको निकै ठुलो भूमिका रहेको थियो।

तेस्रो स्थानमा भने चेल्सीका स्टार जोर्गिन्हो रहेका छन्। इटालीले युरो जित्दा उनको निकै उत्कृष्ट प्रदर्शन गरेका थिए भने चेल्सीलाई च्याम्पियन्स लिग जिताउन पनि उनले मद्दत गरे।

हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट सेन्ट्रल मिडफिल्डरहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Marcos Llorente (Atletico Madrid)

9. Leon Goretzka (Bayern Munich)

8. Ilkay Gundogan (Manchester City)

7. N’Golo Kante (Chelsea)

6. Joshua Kimmich (Bayern Munich)

5. Marco Verratti (Paris Saint-Germain)

4. Paul Pogba (Manchester United)

3. Jorginho (Chelsea)

2. Kevin De Bruyne (Manchester City)

1. Bruno Fernandes (Manchester United)