यी हुन् हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट विंगरहरू 

ब्रिटिस अखबार द डेली स्टारले हाल हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट विंगरहरूको सुची तयार गरेको छ। डेली स्टारले हाल उत्कृष्ट प्रदर्शन गर्दै गरेको १० विंगरहरुको सुची तयार गरेको छ।

उक्त सुचीको शीर्ष स्थानमा लिभरपुलका स्टार मोहम्मद सलहा पर्न सफल भएका छन्। लिभरपुलका विंगरले यस सिजनका सबै प्रतियोगिताहरूमा ४७ खेलमा २९ गोल र ५ असिस्ट गरेका छन्। यो सिजन लिभरपुलको खराब फम रहे पनि सलहाको प्रदर्शन भनेर राम्रो रहेको छ।

उक्त सुचीको दोस्रो स्थानमा भने बायर्न मुनिखका सर्ज गन्याब्री रहेका छन्। बायर्नमा उनको खेल निकै राम्रो रहेको छ भने गत सिजन च्याम्पियन्स लिग जितमा क्लबमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट विंगरहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Gerard Moreno (Villarreal)

9. Angel Di Maria (Paris Saint-Germain)

8. Lorenzo Insigne (Napoli)

7. Raheem Sterling (Manchester City)

6. Leroy Sane (Bayern Munich)

5. Son Heung-min (Tottenham Hotspur)

4. Jadon Sancho (Borussia Dortmund)

3. Sadio Mane (Liverpool)

2. Serge Gnabry (Bayern Munich)

1. Mohamed Salah (Liverpool)