यी हुन् हाल विश्व फुटबलको १० सबैभन्दा उत्कृष्ट गोलकिपरहरू

प्रसिद्ध ब्रिटिस फुटबल म्यागेजिन ‘फोरफोरटु’ ले हाल विश्व फुटबलको १० सबैभन्दा उत्कृष्ट गोलकिपरहरूको सुची तयार गरेको छ।

फोरफोरटुले हाल सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेका १० गोलकिपरहरूको प्रकाशित गरेको छ र उक्त सुचीको शीर्ष स्थानमा जान ओब्लाक पर्न सफल भएका छन्। यो सिजन ला लिगामा ओब्लाकले ३४ खेलमा १७ क्लिन शीत हासिल गरेका छन्। यो सिजन उनको उत्कृष्ट ७९ प्रतिशत सेभ रेट रहेको छ।

उक्त सुचीको दोस्रो स्थानमा भने म्यान सिटीका एडरसन रहेका छन्। यो सिजन उनको निकै राम्रो प्रदर्शन रहेको छ। यो सिजन लिगमा उनले ३३ खेलमा १८ क्लिन शीत प्राप्त गरेका छन्।

हाल विश्व फुटबलको १० सबैभन्दा उत्कृष्ट गोलकिपरहरूको पूर्ण सुची तल हेर्नुहोस:-

10. Peter Gulasci (RB Leipzig)

9. Marc-Andre ter Stegen (Barcelona)

8. Keylor Navas (PSG)

7. Samir Handanovic (Inter Milan)

6. Alisson (Liverpool)

5. Edouard Mendy (Chelsea)

4. Thibaut Courtois (Real Madrid)

3. Manuel Neuer (Bayern Munich)

2. Ederson (Manchester City)

1. Jan Oblak (Atletico Madrid)