यी हुन् हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरू

प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सुची तयार गरेको छ। उक्त सुचीमा सबैभन्दा धेरै बजार मूल्य रहेको गोलकिपरहरू रहेका छन्।

सो सुची हालको बजार मूल्यमा आधारित रहेको ट्रान्सफरमार्केटले दाबी गरेको छ भने सो सुचीको शीर्ष स्थानमा एटलेटिको म्याड्रिडका गोल किपर जान ओब्लाक रहेका छन्। हाल उनको बजार मूल्य €९० मिलियन रहेको जानकारी छ भने दोस्रो स्थानमा रियलका गोलकिपर थिबाउट कोर्टियस रहेका छन् उनको मूल्य €७५ मिलियन रहेको छ।

उक्त सुचीमा अन्य स्टार गोलकिपरहरू पनि रहेका छन् जसको पूर्ण सुची तल हेर्न सक्नु हुने छ :-

1. Jan Oblak- Slovenia/Atlético Madrid €90.00m

2. Thibaut Courtois- Belgium/Real Madrid €75.00m

3. Marc-André ter Stegen Germany/FC Barcelona €75.00m

4. Alisson Alisson- Brazil Liverpool FC €65.00m

5. Gianluigi Donnarumma- Italy/AC Milan €60.00m

6. Ederson Ederson- Brazil/Manchester City €56.00m

7. Wojciech Szczesny- Poland/Juventus FC €35.00m

8. Unai Simón- Spain/Athletic Bilbao €30.00m

9. André Onana- Cameroon/Ajax Amsterdam €30.00m

10. Edouard Mendy- Senegal/Chelsea FC €25.00m