यी हुन् हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् खेलाडीहरू

हालै प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केट विश्व फुटबलको सबैभन्दा मूल्यवान् खेलाडीहरूको सुची तयार गरेको छ।

ट्रान्सफरमार्केटले तयार गरेको उक्त सुची अनुसार हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् खेलाडी म्यानचेस्टर सिटीका हालान्ड रहेका छन्। यो वर्ष मात्र सिटीमा आएका स्टार स्ट्राइकरको बजार मूल्य १७० मिलियन यूरो रहेको छ जसले उनलाई विश्व फुटबलको सबैभन्दा मूल्यवान् खेलाडी बनाउँछ।

दोस्रो स्थानमा भने पिएसजीका फ्रेन्च स्टार एम्बाप्पे रहेका छन्। गत वर्ष उनि सो सुचीको शीर्ष स्थानमा रहेका थिए तर यो वर्ष उनि दोस्रो स्थानमा झरेका छन् भने उनको बजार मूल्य १६० मिलियन युरो रहेको ट्रान्सफरमार्केटले जनाएको छ।

हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस:-

Erling Haaland: 170m euros

Kylian Mbappé: 160m euros

Vinicius Junior: 120m euros

Phil Foden: 110m euros

Jude Bellingham: 90m euros

Pedri: 90m euros

Bukayo Saka: 90m euros

Harry Kane: 90m euros

Dusan Vlahovic: 85m euros

Jamal Musiala: 80m euros

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ