ब्रिटिस खेल वेबसाइट गिभ मि सपोर्टले हाल विश्व फुटबलको १५ सबैभन्दा उत्कृष्ट स्ट्राइकरहरूको सुची तयार गरेको छ।
हाल फुटबलका उत्कृष्ट प्रदर्शन गर्दै गरेका स्ट्राइकरहरूको सुची गिभ मि सपोर्टले तयार गरेको हो भने सो सुची तयार गर्न खेलाडीहरूको गोल, असिस्ट र व्यक्तिगत प्रदर्शन आदर रहेको सो प्रसिद्ध वेबसाइटको दाबी छ।
उक्त सुचीको शीर्ष स्थानमा बायर्न म्युनिखका स्टार रोबर्ट लिवान्डोस्की पर्न सफल भएका छन् भने दोस्रो स्थानमा टोटनह्यामका स्टार ह्यारी केन छन् र तेस्रो स्थानमा युभेन्टसका सुपरस्टार रोनाल्डो रहेका छन्। सो सुचीमा मेस्सी नहुनु केहीको लागि अनौठो कुरा हुन सक्छ तर बार्साका मेस्सी सुपरस्टार स्ट्राइकरको रूपमा खेल्ने गर्दैनन्।
हाल विश्व फुटबलको १५ सबैभन्दा उत्कृष्ट स्ट्राइकरहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
15. Alvaro Morata
14. Luis Muriel
13. Sergio Aguero
12. Andre Silva
11. Gerard Moreno
10. Ciro Immobile
9. Karim Benzema
8. Zlatan Ibrahimovic
7. Luis Suarez
6. Romelu Lukaku
5. Kylian Mbappe
4. Erling Braut Haaland
3. Cristiano Ronaldo
2. Harry Kane
1. Robert Lewandowski