यी हुन् हाल युरोपमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेका फुटबल खेलाडीहरू

सीआइइएस फुटबलले हाल युरोपमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेका फुटबल खेलाडीहरूको सुची तयार गरेको छ। युरोपको क्लब फुटबलमा हाल प्रदर्शनको आधारमा सीआइइएसले खेलाडीहरू अङ्कको साथ श्रेणी करण गरेको छ।

उक्त सुचीको शीर्ष स्थानमा बार्सिलोनाका सुपरस्टार मेस्सी पर्न सफल भएका छन्। यो सिजन ला लिगामा उनले ३२ खेलमा २८ गोल र ११ असिस्ट गरेका छन्। ३३ वर्षका सुपरस्टारको सिजन निकै उत्कृष्ट प्रदर्शन रहेको छ र सीआइइएसको सुचीमा उनी ४०५ अङ्कको साथ शीर्ष स्थानमा रहेका छन्।

दोस्रो स्थानमा भने पिएसजीका ब्राजिलियन स्टार नेमार रहेका छन्। ३८१ अङ्कको साथ उनी सुचीको दोस्रो स्थानमा रहेका छन्।

उक्त सुचीमा अन्य धेरै नामी खेलाडीहरू पनि छन् र उक्त सुची पूर्ण रूपमा तल हेर्न सक्नु हुने छ:-

1. Lionel Messi – 405

2. Neymar – 381

3. Robert Lewandowski – 371

4. Joao Cancelo – 368

5. Rodri Hernandez – 366

6. Kevin De Bruyne – 366

7. Riyad Mahrez – 365

8. Jesse Lingard – 358

9. Ilkay Gundogan – 357

10. Jack Grealish – 356