यी हुन् हाल प्रिमियर लिगमा सबैभन्दा धेरै तलब पाउने खेलाडी

हाल म्यान सिटीले स्पर्सका स्टार स्ट्राइकर ह्यारी केन साइन गर्ने चर्चा रहेको छ र उनलाई सिटीले £४००,००० प्रति हप्ताको तलब प्रस्ताव गर्ने खबर छ।

यदि केनको ट्रान्सफर सफल भए उनि प्रिमियर लिगमा सबैभन्दा धेरै तलब पाउने खेलाडी बन्ने छन् तर हाल सिटीका स्टार केभिन डि ब्रोइना प्रिमियर लिगमा सबैभन्दा धेरै तलब पाउने खेलाडी रहेका छन्।

सिटीले केनलाई दिने तलबको चर्चाको साथ हाल प्रिमियर लिगका अन्य स्टारहरुको तलबको पनि धेरै चर्चा हुन थालेको छ भने बेलायती खेल म्यागेजिन स्पोर्टबाइबलले हाल प्रिमियर लिगमा सबैभन्दा धेरै तलब पाउने खेलाडीहरूको सुची तयार गरेको छ।

हालको अवस्थामा सिटीका स्टार डि ब्रोइना प्रति हप्ता £३८५,०००को तलबको साथ प्रिमियर लिगमा सबैभन्दा धेरै तलब पाउने खेलाडी रहेका छन् र यो ट्रान्सफर विन्डो ह्यारी केनले उनलाई पछि पार्न सक्ने छन्।

हाल प्रिमियर लिगमा सबैभन्दा धेरै तलब पाउने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस:-

9. Anthony Martial – Manchester United (£250k)

8. Timo Werner – Chelsea (£270k)

7. Paul Pogba – Manchester United (£290k)

6. Raheem Sterling – Manchester City (£300k)

5. Kai Havertz – Chelsea (£310k)

4. Jadon Sancho – Manchester United (£350k)

3. Pierre-Emerick Aubameyang – Arsenal (£350k)

2. David De Gea – Manchester United (£375k)

1. Kevin De Bruyne – Manchester City (£385k)