यी हुन् सर्वाधिक पारिश्रमिक पाउने ५ फुटबलर

सर्वाधिक पारिश्रमिक थाप्ने फुटबलरको पहिलो स्थानमा लियोनल मेसी रहेका छन् । सन् २००१ देखि बार्सिलोनामा आबद्ध भएका मेसीले सन् २००४ देखि नै सिनियर टिममा स्थान बनाएका थिए । उमेरले ३१ वर्ष पुगेका मेसी अझैसम्म पनि बार्सिलोनाबाट नै उच्चस्तरको खेल पस्किरहेका छन् । उनै मेसीलाई बार्सिलोनाले पारिश्रमिक बापत वार्षीक ४६ मिलियन यूरो दिने गरेको छ ।

सर्वाधिक पारिश्रमिक पाउनेको दोस्रो स्थानमा पीएसजीका खेलाडी नेयमार रहेका छन् । सन् २०१७ मा बार्सिलोना छोडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका २६ वर्षीय नेयमारले वार्षीक ३६ मिलियन पारिश्रमिक थाप्ने गर्छन् ।

रियल मड्रिड छोडेरे इटालियन क्लब युभेन्टस् गएका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले वार्षीक ३१ मिलियन पारिश्रमिक पाउने गर्छन् । उमेरले ३३ वर्ष पुगेका रोनाल्डो गत ट्रान्सफर विन्डोमा ११२ मिलियन यूरो स्थानान्तरण रकममा सरुवा भएका हुन् ।

सर्वाधिक कमाउने फुटबलरको चौथो स्थानमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायीक फुटबल खेल्ने चिलीका खेलाडी एलेक्सिस साञ्चेज रहेका छन् । आर्सनलबाट म्यान्यु पुगेका साञ्चेजले वार्षीक २५ मिलियन यूरो कमाउँछन् ।

त्यस्तै, स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी एन्टोनियो ग्रिजम्यानको पारिश्रमिक पनि वार्षीक २३ मिलियन यूरो रहेको छ । उनी समय ट्रान्सफर विन्डोमा बार्सिलोना आउने कुरा चले पनि पारिश्रमिक बढाएपछि एट्लेटिको मड्रिडमै बसेका छन् ।