यी हुन् सबैभन्दा मूल्यवान खेलाडीहरु भएको क्लबहरु

हालको ट्रान्सफर विन्डोमा लिभरपूलले केहि नयाँ स्टार खेलाडी भित्राएको छ र फलस्वरूप लिभरपूलको टिम धेरै बलियो भएको छ र क्लबको टिमको मूल्य पनि वृद्धि भएको छ।

अन्तिम परिणाम स्वरूप लिभरपूल हाल युरोपको सबैभन्दा मूल्यवान खेलाडीहरु रहेको टिम बनेको छ – क्लबमा नयाँ आगमनको साथ क्लब तेस्रो स्थानबाट दुई स्थान माथि पुग्दै शीर्ष स्थान पुग्न सफल भएको छ।

Transfermarkt.comको तथ्याड़कको मद्दतमा नेपम्याग स्पोर्ट्सले हाल सबैभन्दा मूल्यवान टिम भएको क्लबको सुची तयार गरेको छ। सो सुचीमा युरोपका ठुला ठुला क्लबहरु रहेका छन् जसमा धेरै जस्तो स्टार खेलाडीहरु खेल्ने गर्छन।

सो सुचीको शीर्ष स्थानमा लिभरपूल रहेका छन् जसको टिम मूल्य £९८६.६७ मिलियन रहेको छ। सबैभन्दा मूल्यवान खेलाडीहरु भएको शीर्ष १५ क्लबहरुको पूर्ण सुची तल हेर्नुहोस :-

15. Napoli (£531.16 million)

14. Borussia Dortmund (£534.38 million)

13. Arsenal (£581.45 million)

12. Juventus (£593.28 million)

11. Inter Milan (£660.69 million)

10. Tottenham (£697.1 million)

9. Atletico Madrid (£702 million)

8. PSG (£706.41 million)

7. Man United (£719.46 million)

6. Bayern Munich (£755.96 million)

5. Real Madrid (£789.48 million)

4. Chelsea (£825.93 million)

3. Barcelona (£916.29 million)

2. Man City (£933.14 million)

1. Liverpool (£986.67 million)