यी हुन् सबैभन्दा धेरै साप्ताहिक तलब भएका फुटबल खेलाडीहरू

पिएसजीका सुपरस्टार लिओनेल मेस्सी हाल सबैभन्दा धेरै तलब भएका फुटबल खेलाडी रहेका छन्। बार्सामा बस्न उनी तलब कटौतीको सामना गर्न तयार थिए तर अन्तिम समय उनी क्लब छोड्न बाध्य भए भने हाल उनी फ्रेन्च क्लब पिएसजीमा छन् भने उनी सबैभन्दा धेरै साप्ताहिक तलब भएका फुटबल खेलाडीको सुचीको शीर्ष स्थानमा रहेका छन्।

छ पटकका बालोन डी’ओर बिजेताले अघिल्लो बार्सिलोना सम्झौतामा चार वर्षमा आश्चर्यजनक £४७० मिलियन (€५५५ मिलियन) कमाएका थिए बार्सा सँग नयाँ सम्झौताको लागि उनी ५० प्रतिशत तलब कटौती स्वीकार गर्न नजिक थिए तर हाल उनी पिएसजीमा खेल्ने भएका छन् र उनले तलब कटौती स्वीकार गर्न पर्ने छैनन् भने पिएसजीले उनलाई £९६०,००० प्रति हप्ताको तलब दिने खबर छ।

£९६०,००० तलब प्रति हप्ताको साथ मेस्सी हाल सबैभन्दा धेरै साप्ताहिक तलब भएका फुटबल खेलाडी बनेका छन्। दोस्रो स्थानमा युभेन्टसका सुपरस्टार रोनाल्डो रहेका छन्। उनको साप्ताहिक तलब £९००,००० रहेको छ।

सबैभन्दा धेरै साप्ताहिक तलब भएका फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Robert Lewandowski (Bayern Munich): £350,000 per week

9. David de Gea (Manchester United): £375,000 per week

8. Kevin De Bruyne (Manchester City): £385,000 per week

7. Kylian Mbappe (PSG): £410,000 per week

6. Gareth Bale (Real Madrid): £500,000 per week

5. Antoine Griezmann (Barcelona): £575,000 per week

4. Luis Suarez (Atletico Madrid): £575,000 per week

3. Neymar (PSG): £606,000 per week

2. Cristiano Ronaldo (Juventus): £900,000 per week

1. Lionel Messi (PSG): £960,000 per week