यी हुन् सबैभन्दा धेरै लिग जित्ने युरोपियन क्लबहरू

रेन्जेर्सले हालै स्कटीस च्याम्पियनसिपको उपाधि जितेको छ । सेल्टिकले डुन्डी युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि रेन्जेर्सले १० वर्षपछि पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो भने यो रेन्जेर्सको ५५औ लिग उपाधि हो।

रेन्जेर्स हाल सबैभन्दा धेरै लिग जित्ने युरोपियन क्लब रहेको छ। रेन्जेर्सले ५५औ पटक लिग जितेको छ र रेन्जेर्सको सो उपलब्धि पछि हाल ब्लिचर फुटबलले सबैभन्दा धेरै लिग जित्ने युरोपियन क्लबहरूको सुची बनाएको छ।

सो सुचीको शीर्ष स्थानमा स्कटिश क्लब रेन्जेर्स रहेको छ भने दोस्रो स्थानमा आयरिश क्लब लिनफिल्ड रहेको छ। सो सुचीमा रियल, युभेन्टस जस्तो ठुलो र प्रसिद्ध क्लबहरू पनि रहेको छ।

सबैभन्दा धेरै लिग जित्ने युरोपियन क्लबहरू को पूर्ण सुची तल हेर्नुहोस्

10. Sparta Prague (Czech First League): 33

9. Real Madrid (La Liga): 34

8. Ajax (Eredivisie): 34

7. Anderlecht (Belgian First Division A): 34

6. Juventus (Serie A): 36

5. Benfica (Primeira Liga): 37

4. Olympiacos (Super League Greece): 45

3. Celtic (Scottish Premiership): 51

2. Linfield (NIFL Premiership): 53

1. Rangers (Scottish Premiership): 55