बलोन डि’ओर फुटबलको एक ठुलो पुरस्कार हो जुन १९५६मा मा फ्रान्स फुटबलको मुख्य पत्रिका सम्पादक द्वारा सुरु गरिएको थियो र यो वर्षको बलोन डि’ओर फ्रेन्च स्टार स्ट्राइकर बेन्जेमाले जितेका छन् भने बलोन डि’ओर जित्ने उनले पाँचौं फ्रेन्च खेलाडी हुन् तर ७ पटक उक्त अवार्ड फ्रेन्च खेलाडीहरुले जितेका छन्।
सुरुमा, पत्रकारहरूले युरोपमा खेल्ने युरोपेली खेलाडीहरूलाई मात्र मतदान गर्न सक्थे, यसको अर्थ डिएगो माराडोना र पेले जस्ता खेलाडीहरू पुरस्कारका लागि अयोग्य थिए।
पछि यो पुरस्कारलाई विश्वव्यापी रूपमा लागिएको थियो र जुन देशको खेलाडीले पनि यो जित्न सक्ने नियम आयो र फिफाले पनि यो पुरस्कारलाई समर्थन गर्दै यसको नाम फिफा बलोन डि’ओर बनाएको थियो तर यो साझेदारी धेरै समय सम्म चलेन २०१६मा उक्त साझेदारी अन्त्य भएको थियो।
बलोन डि’ओर हाल सम्म धेरै खेलाडीहरूले जितेका छन् र सबै भन्दा बढी कुन देशका खेलाडीहरूले जितेका छन् भनेर तलको सुचीमा हेर्न सक्नु हुने छ।
युक्रेन:- १ खेलाडी, १ पुरस्कार
स्कटल्यान्ड:- १ खेलाडी, १ पुरस्कार
उत्तरी आयरल्यान्ड:- १ खेलाडी, १ पुरस्कार
लाइबेरिया:- १ खेलाडी, १ पुरस्कार
हंगेरी:- १ खेलाडी, १ पुरस्कार
डेनमार्क:- १ खेलाडी, १ पुरस्कार
चेकोस्लोवाकिया:- १ खेलाडी, १ पुरस्कार
चेक गणतन्त्र:- १ खेलाडी, १ पुरस्कार
क्रोएसिया:- १ खेलाडी, १ पुरस्कार
बुल्गारिया:- १ खेलाडी, १ पुरस्कार
स्पेन:- २ खेलाडी, ३ पुरस्कार
सोभियत सङ्घ:- ३ खेलाडी, ३ पुरस्कार
इंग्ल्याण्ड:- ४ खेलाडी, ५ पुरस्कार
ब्राजिल:- ४ खेलाडी, ५ पुरस्कार
इटाली:- ५ खेलाडी, ५ पुरस्कार
अर्जेन्टिना:- १ खेलाडी, ७ पुरस्कार
फ्रान्स:- ५ खेलाडी, ७ पुरस्कार
पोर्चुगल:- ३ खेलाडी, ७ पुरस्कार
नेदरल्याण्ड्स:- ३ खेलाडी, ७ पुरस्कार
जर्मनी:- ५ खेलाडी, ७ पुरस्कार