यी हुन् सबैभन्दा धेरै तलब भएका फुटबल कोचहरू

प्रसिद्ध ब्रिटिस पत्रिका द डेली स्टारले हाल सबैभन्दा धेरै तलब भएका फुटबल कोचहरू को सुची तयार गरेको छ। डेली स्टारले सबैभन्दा धेरै वार्षिक तलब भएका १० खेलाडीहरूको सुची तयार गरेको छ भने उक्त सुचीको शीर्ष स्थानमा म्यान सिटीका कोच पेप गार्डियोला रहेका छन्।

म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोलाको वार्षिक आम्दानी १९.५ मिलियन पाउन्ड रहेको खबर छ जसले उनलाई सबैभन्दा धेरै तलब भएको फुटबल कोच बनाउँछ। दोस्रो स्थानमा भने टोटेनह्यामका नवनियुक्त कोच एन्टोनियो कोन्टे रहेका छन्।

हालै स्पर्सले साइन गरेका कोच एन्टोनियो कोन्टेको तलब £१३ मिलियन हुने जानकारी छ जसले उनलाई सबैभन्दा दोस्रो धेरै तलब भएका फुटबल कोच बनाउँछ।

सबैभन्दा धेरै तलब भएका फुटबल कोचहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Carlo Ancelotti (Real Madrid): £5m

9. Thomas Tuchel (Chelsea): £5.5m

8. Mauricio Pochettino (Paris Saint-Germain): £6m

7. Julian Nagelsmann (Bayern Munich): £7m

6. Massimiliano Allegri (Juventus): £7.5m

5. Jurgen Klopp (Liverpool): £9m

4. Jose Mourinho (Roma): £11m

3. Diego Simeone (Atletico Madrid): £12.5m

2. Antonio Conte (Tottenham Hotspur): £13m

1. Pep Guardiola (Manchester City): £19.5m